अभिनेत्री कृती सेनन र अभिनेता सुशान्त सिंह राजपुत अहिले प्रेममा छन् । हुनत, यो जोडीले प्रेमको बारेमा मिडियामा केहि पनि बोलेको छैन । तर, पनि यी दुइ लुकिछिपी प्रेममा रमाइरहेका छन् ।

उनै, कृति अमेरिकाको न्यूयोर्कमा जुनमा आयोजना हुन लागेको ‘आइफा अवार्ड’मा आफ्ना प्रेमी सुशान्त सिंहले फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’बाट अवार्ड पाउनुपर्ने धारणा राख्छिन् । कृतीले भनिन्–‘मेरो विचारमा फिल्म ‘उड्ता पञ्जाब’बाट आलिया उत्कृष्ट अभिनेत्रीको हकदार हुन् । यस्तै, सुशान्तले धोनीको बायोपिक फिल्मबाट अवार्ड पाउनु पर्छ ।’

कृतिले सुशान्तप्रति देखाएको यो प्रेमले पनि यी दुइ, डेटमा रमाइरहेका छन् भन्ने वुझ्न गाह्रो हुँदैन ।

For More videos Log on to Mazzako TV