सार्वजनिक भयो रणवीरको लुक, संजय भन्दा के फरक ?
अभिनेता रणवीर कपुर यतिबेला अर्का अभिनेता संजय दत्तको जीवनीमा बनिरहेको फिल्म ‘दत्त बायोपिक’मा काम गरिरहेका छन् । राजकुमार हिरानीले निर्देशन गरिरहेको यो फिल्म यो बर्षको क्रिसमसमा रिलिज हुनेछ । 
यो फिल्ममा अभिनेता रणवीर कपुर संजयको भूमिका निर्वाहा गरिरहेका छन् । उनै, रणवीरको एउटा तस्बिर सार्वजनिक भएको छ, जुन अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ ।
सार्वजनिक भएको तस्बिरमा रणवीर हुबहु संजय दत्त देखिएका छन् । जुंगा पालेर केहि मोटाएका रणवीरको यो लुक सार्वजनिक भएपछि, उनको प्रशंसा भैरहेको छ । रणवीरले यो फिल्मबाट आफ्नो स्टारडम फर्काउने धेरैको विश्वास छ ।
For More videos Log on to Mazzako TV







