रजनीको फिल्मका लागि अक्षयले लिए दैनिक २ करोड
तिहारमा रिलिज हुन लागेको फिल्म ‘२.०’का लागि अभिनेता अक्षय कुमारले चर्को पारिश्रमिक लिएको खुलासा भएको छ । साउथ इन्डियन यो फिल्मको बजेट ४ सय करोड हारहारीको बताइएको छ । 
यो फिल्ममा अक्षयका साथमा साउथका सुपरस्टार रजनीकान्तको मुख्य भूमिका छ । तर, फिल्ममा रजनीको भन्दा अक्षयले बढी पारिश्रमिक लिएका छन् । अक्षयले यो फिल्मका लागि दैनिक २ करोड पारिश्रमिक लिएको भारतीय मिडियामा उल्लेख छ ।
अक्षयले यस अगाडि ‘जोली एलएलबी २’ फिल्मका लागि दैनिक १ करोड पारिश्रमिक लिएका थिए ।
For More videos Log on to Mazzako TV







