टाइगरलाई कसले भन्यो सुन्दर यूवती ?
बलिउडका एक्सन स्टार टाइगर श्राफलाई एक निर्देशकले सुन्दर यूवतीको संज्ञा दिएका छन् । टाइगरलाई सुन्दर यूवती भन्ने निर्देशकको नाम हो, रामगोपाल बर्मा । 
मंगलबार एक अडियो सार्वजनिक गर्दै अभिनेता विद्युत जामवालले रामगोपालको यस्तो भनाई बाहिर ल्याएका हुन् । मदिरामा मात्तिएर निर्देशक बर्माले टाइगर र विद्युतलाई एकसाथ रिङमा उत्रन भनेका छन् ।
अडियोमा टाइगरलाई बर्माले ‘तेश्रो लिङ्गी’ समेत बताएका छन् । २ मिनेट १७ सेकेन्ड लामो अडियोमा बर्माले विद्युतलाई गाली पनि गरेका छन् ।
अडियो सार्वजनिक भएसँगै बर्माले ट्विटरमा आफ्नो आक्रोश पोखेका छन् । उनले, दुबै जना एकसाथ रिङमा उत्रिएको खण्डमा विद्युतलाई टाइगरले एक मुक्कामै हराइदिने बताएका छन् ।
For More videos Log on to Mazzako TV







