अभिनेता साहरुख खान सफल अभिनेता मात्र होइनन्, मेकर पनि हुन् । बलिउडमा बीग बजेटका फिल्म बनाउन साहरुख माहिर छन् । उनै, साहरुखले ‘महाभारत’ नामक फिल्म बनाउने सपना देखेका थिए ।

हजार करोडको बजेटमा बन्ने यो फिल्मले विश्वभर बलिउडलाई चिनाउने उनको सोच थियो । तर, अहिलेसम्म यो सपना पुरा हुन सकेको छैन ।

साहरुख, बलिउडको बजार अझै पनि सानो रहेको बताउँछन् । महाभारत जस्तो फिल्म बनाउन आफूसँग अहिले त्यो अनुसारको बजेट नभएको साहरुखको भनाई छ । यसका लागि उनले कुनै चर्चित विदेशी फिल्म प्रोडक्शन हाउससँग सहकार्य गर्नुपर्ने बताए । यसका लागि कुराकानी भैरहेपनि सबै कम्पनी अहिले व्यस्त रहेको उनको वुझाई छ ।

भारतमा अहिले, दुई चर्चित कम्पनीविच सहकार्य गर्दै फिल्म बनाउने चलन नै सुरु भएको छ । सलमान खान र करण जोहर मिलेर बनाउन लागेको फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा छन् । साहरुख, आफूले पनि यसरि, सहकार्य गरेर फिल्म बनाउन सक्ने बताउँछन् ।

For More videos Log on to Mazzako TV