आमिरको फिल्ममा सलमानले गरे कट्रिनाको नाम सिफारिश
यशराज प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ठग अफ हिन्दुस्तान’मा अभिनेता आमिर खान र अमिताभ बच्चनले काम गर्ने पक्का भैसकेको छ । तर, यो फिल्म लामो समयदेखि अभिनेत्रीको बिषयका कारण चर्चामा छ । 
फिल्ममा को अभिनेत्री हुने भन्ने पक्का भएको छैन । तर, परिणती चोपडादेखि आलिया भट्ट हुँदै बाणी कपुरसम्मको नाम यतिबेला चर्चामा छ ।
यो दौडमा अब अर्की एक अभिनेत्रीको नाम समेत अगाडि आएको छ । अभिनेत्री कट्रिना कैफका लागि अभिनेता सलमान खानले सिफारिश गरेपछि उनको नाम चर्चामा आएको हो ।
फिल्मको प्रोडक्शन कम्पनीलाई अभिनेता सलमान खानले कैफको नाम सिफारिश गरेका छन् । सलमानको सिफारिशपछि अहिले यशराज ब्यानर कैफको नाममा समेत गम्भिर बनेको छ ।
For More videos Log on to Mazzako TV







