अर्जुनविरुद्ध फोटोग्राफरले दिए उजुरी
बलिउड फिल्ममा खासै जम्न नसकेका अभिनेता हुन्, अर्जुन रामपाल । उनै, अर्जुन रामपाल विरुद्ध दिल्लीमा एक फोटोग्राफरले प्रहरीमा उजुरी दिएका छन् ।

घटना, दिल्लीको एक पाँच तारे होटलको हो । पाँच तारे होटलमा शनिबार दिउँसो साढे ३ बजेतिर आयोजित एक कार्यक्रममा अर्जुन पुगेका थिए ।
अर्जुनलाई देखेपछि फोटोग्राफरले क्यामेरा निकाले र तस्बिर खिच्न थाले । तर, अर्जुनलाई खै के भयो ? उनी, फोटोग्राफरसँग रिसाए र उनलाई धक्का मारे । फोटोग्राफरको निधारमा क्यामेराले लाग्यो र उनी सामान्य घाइते भए ।
फोटोग्राफरले अर्जुनसँग वादविवाद गरेनन्, बरु सो होटलबाट निस्केर उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अर्जुनले यसरि फोटोग्राफर र मिडियामाथि आक्रोश पोखेको पहिलो पटक भने होइन ।
For More videos Log on to Mazzako TV







