बलिउड मिडियामा यतिबेला अभिनेता फरहान अख्तर र आदित्य राय कपुरविचको लफडाको चर्चा खुबै छ । अभिनेत्री श्रद्धा कपुरका कारण यी दुइविच लफडा चलेको हो । श्रद्धाको प्रेममा आदित्य र फरहान दुबै छन् । जसकाकारण पनि यी दुइविच झगडा भएको खबर मिडियामा प्रकाशित भैरहेको छ ।

तर, यी खबरहरु सार्वजनिक भैरहेको समयमा अभिनेता फरहान अख्तरले एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा, उनी र अभिनेता आदित्य एकसाथ मुस्कुराइरहेका छन् ।

मिडियामा दुइ जनाविचको लफडा चलिरहेको खबर सार्वजनिक भैरहँदा फरहानले तस्बिर शेयर गर्दै सबै चर्चालाई रुमरको संज्ञा दिन खोजेका छन् । उनले रुमर्सलाई श्रद्धाञ्जली समेत भन्दै ट्विटरमा तस्बिर शेयर गरेका हुन् ।

For More videos Log on to Mazzako TV