बलिउड अभिनेता आमिर खान अभिनित सुपरहिट फिल्म दंगल पाकिस्तानमा रिलिज नहुने भएको छ । पाकिस्तानको सेन्सर बोर्डले भारतको राष्ट्रिय गान र झण्डा भएका फिल्मकाहरुलाई सीन हटाउन भनेपछि आमिरले पाकिस्तानमा फिल्म रिलिज नगर्ने निर्णय गरेका हुन् । भारतको सेन्सर बोर्डलाई सामाजिक संजाल मार्फत पाकिस्तानको फिल्म सेन्सरका हेडले उक्त सिन हटाउने निर्णय गरेको जानकारी दिएका थिए ।


अब फिल्म रिलीज गर्ने कि नगर्ने चर्चा चलिरहदा आमिरले नगर्ने निर्णय गरेका हुन् । उनीहरुले हटाउँन भनेका सिन फिल्मको मुख्य कुरा भएको भन्दै आमिरले यस्तो निर्णय गरेका हुन् ।

For More videos Log on to Mazzako TV