बहिनीसँग मलाइकाको हट फोटोसुट
आइटम गल मलाइका अरोरा खान र उनकी बहिनी अमृता अरोरा खान गसिपमा रमाउन माहिर छन् । उनीहरु, एकसाथ घुम्न निस्कन्छन् । हुनत, बलिउडमा अमृताको खास चर्चा छैन । तर, पनि उनी मलाइकाको साथमा देखिएर क्यामेरामा कैद भने हुने गरेकी छिन् । 
पति अरवाज खानसँग डिभोर्स गरेपछि झनै विन्दास देखिएकी मलाइकाले बहिनी अमृतासँग एक म्यागेजिनका लागि हट फोटोसुट गराएकी छिन् ।
‘हाई ब्लिट्ज’ म्यागेजिनका लागि उनीहरुले फोटोसुट गरेका हुन् । जसको नाम-‘टू हट टू ह्यान्डल’ दिइएको छ । अहिले यो फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ ।
For More videos Log on to Mazzako TV







