एकसाथ फेरि दीपिका र रणवीर
पूर्व प्रेम जोडी रणवीर कपुर र दीपिका पादुकोणलाइ बलिउडका नयाँ साहरुख खान र काजोल भन्ने पनि गरिन्छ । केहि सफल फिल्म दिएको यो जोडीले ‘तमासा’ पछि कुन फिल्ममा काम गर्छ भन्ने चर्चा पनि भैरहेको छ । यी दुइले सन् २०१८ मा नयाँ फिल्म गर्न लागेको चर्चा बलिउड मिडियामा छ ।

तर, अब यी दुई फिल्ममा भन्दा अगाडि नै पर्दामा देखिने भएका छन् । एक मोबाइल कम्पनीले रणवीरलाई विज्ञापनका लागि अनुवन्धित गरिसकेको छ । साथमा दीपिका पादुकोणलाई पनि अनुवन्धित गर्ने अन्तिम तयारी भैरहेको छ ।
यदि, यो जोडी एकसाथ विज्ञापनमा मात्र देखियो भने पनि कम्पनीलाई फाइदा हुने वुझाई छ । जसकाकारण, मोबाइल कम्पनीले दीपिका र रणवीरलाई एकसाथ पर्दामा ल्याउन लागेको हो ।
For More videos Log on to Mazzako TV







