कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ बन्द हुने तयारीमा छ । एक महिनामा अन्य साथीहरुलाई फिर्ता नबोलाए शो बन्द गर्ने चेतावनी टीभी च्यानलले दिइसकेको छ ।

तर, कपिल भने सोनी टीभीसँग शोका लागि डबल फिस मागिरहेका छन् । सोनीले अब एक बर्षका लागि १०६ करोडमा कपिलसँग संझौता गर्ने तयारी गरेको थियो ।

तर, कपिलले भने सोनीसँग यसको डबल पारिश्रमिक मागेर सबैलाई छक्क पारिदिएका छन् । टीआरपी कमजोर बनेर टप टेनबाट बाहिर हुन लागेको शोका लागि कपिलले किन यति महंगो पारिश्रमिकको डिमाण्ड गरे होलान् त ?

For More videos Log on to Mazzako TV