अस्पतालमा भर्ना भए विनोद खन्ना
बलिउडका चर्चित अभिनेता विनोद खन्नालाई अस्पतालमा भर्ना गरिएको छ । विनोदलाई केहि दिन अगाडि अस्पताल पुर्याइएको थियो ।
उनको स्वास्थ्यमा खराबी आएपछि अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । विनोदलाई डिहाइड्रेशनको समस्या छ । जसकाकारण अस्पताल पुर्याउनु परेको हो ।
अहिले उनको स्वास्थ्यमा केहि सुधार भएको भारतीय मिडियाले पारिवारिक श्रोतको हवला दिदै लेखेका छन् । परिवारका अनुसार-‘विनोदलाई डिहाइड्रेसनको समस्याका कारण अस्पतालमा भर्ना गराएको हो ।
उनको स्वास्थ्यमा अहिले सुधार राम्रोसँग भैरहेको छ । उनको स्वास्थ्यमा अहिले सुधार भएपछि डाक्टरहरुले चाडै नै डिस्चार्ज गर्ने बिषयमा छलफल गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV







