सुरु भयो रानीको ‘हिचकी’को छायांकन
अभिनेत्री रानी मुखर्जीले छोरीलाई जन्म दिएपछि कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् । उनले, छोरीकै लागि समय दिन र आफूलाई मेन्टेन गर्न नयाँ फिल्म नखेलेकी हुन् ।

तर, उनै रानीले पति आदित्य चोपडाको निर्माणमा बन्न लागेको नयाँ फिल्म ‘हिचकी’को छायांकन सुरु गरेकी छिन् । सार्वजनिक भएको एक भिडियोमा छायांकन आजबाट सुरु भएको जानकारी दिइएको छ । यो पूर्ण रुपमा महिला केन्दि्रत फिल्म हुनेछ ।
सिद्धार्थ मल्होत्राले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्मका लागि अभिषेक बच्चनलाई पनि अफर गरिएको छ, तर उनले कुनै पनि जवाफ दिएका छैनन् । फिल्ममा नारीको एक्सन अवतार दर्शकले हेर्न पाउने बताइएको छ ।
For More videos Log on to Mazzako TV







