अहिले मानिसहरु आफू चर्चामा आउनका लागि कुनै न कुनै चर्चित मानिसको नाम प्रयोग गर्छन् । चर्चित मानिससँग नाम जोड्दा चर्चामा आइन्छ भन्ने उनीहरुको सोच छ । बलिउडका अभिनेता ऋतिक रोशन पनि यस्तै एक मोडलको शिकार भएका छन् ।

स्पेनिस मोडल एन्जेला क्रिसलिन्स्कीले ऋतिकलाई आफ्नो साथी बताएर चर्चा पाउने कोशिश गरिन् । एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै उनले भनिन्-‘सबै कलाकारको जस्तै मेरो पनि ऋतिकसँग क्रस थियो । जब पहिलो पटक मैले उनलाई भेटे, उनलाई मैले मेरो पृष्ठभूमी बताए । उनले मलाई अभिनयको टिप्स पनि दिएका थिए । ऋतिक मेरो मार्गदर्शक जस्तै हुन् । उनले जब मेरो साथमा दोश्रो विज्ञापन छायांकन गरे त, मलाई चिने र कुरा गर्न थाले ।’

उनले ऋतिकसँगको केहि तस्बिर पनि शेयर गरेकी छिन् । तर, जब उनले यो कुरामा ऋतिकले प्रतिक्रिया दिए, उनको होस उडेको छ । ऋतिकले ट्विटरमा लेखेका छन्-‘प्यारी यूवती, तिमी को हौ र किन यसरि झुटो बोलिरहेकी छौ ।’

For More videos Log on to Mazzako TV