बलिउड अभिनेता अक्षय कुमार यतिबेला फिल्म ‘प्याडमेन’को छायांकनमा व्यस्त छन् । तर, उनलाई आफ्नो फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’को प्रमोशनमा पनि भ्याई नभ्याई छ । हालैमात्र उनलाई मध्य प्रदेशमा फिल्मको प्रमोशन गर्दै गर्दा क्यामेरामा कैद गरिएको हो ।


सुटिङमा व्यस्त रहेका अक्षय ट्वाइटेलका लागि खाल्डो खन्दै गरेको अवस्थामा भेटिएका छन् । उनको साथमा मध्य प्रदेशका मन्त्री नरेन्द्र सिंह पनि उपस्थित थिए । यो फिल्ममा अक्षयको साथमा भूमभी पेटनेकरलाई दर्शकले देख्न पाउनेछन् ।

For More videos Log on to Mazzako TV