महाभारतमा आधारित बलिउड फिल्म ‘रान्डामुझम’मा सुपरस्टार अमिताभ बच्चनले भिष्म पितामहको भूमिका निभाउने भएका छन् । करिब साढे नौ सय करोड रुपैयाँको लागतमा बन्न लागेको यस फिल्मलाई एनए श्रीकुमार मेननले निर्देशन गर्दैैछन् ।

फिल्म लेखक एमटी वासुदेवन नायरको उपन्यासमा आधारित छ । हालसम्म बनेका महाभारतमा पाण्डव र कृष्णको नजरबाट देखाइएको हुनाले यसमा भने भिष्मको नजरबाट बनाइने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्म हिन्दी, मलयालम, तमिल, तेलेगु र अंग्रेजी भाषामा डब गरिनेछ ।

For More videos Log on to Mazzako TV