टाइगरले भिडियो हेर्दै सिके नृत्य, अब यस्तो सपना !
हिरोपन्ती फिल्मबाट बलिउडमा डेब्यू गरेका टाइगरले कुनै पनि संस्थाबाट नृत्य र एक्शनको तालिम लिएका छैनन् । उनले भिडियो हेर्दै आफै सिकेका हुन् । नृत्य र एक्शनको कारण बलिउडमा परिचित अभिनेता टाइगर श्रफले जीवनमा बालबालिकाहरूका लागि नृत्य र एक्शन एकेडेमी खोल्ने इच्छा रहेको बताएका छन् ।

यो आफ्नो सबै भन्दा ठूलो सपना रहेको उनले बताएका छन । उनले भन धेरै आमाहरूबाट आफ्ना छोरालाई तपाईको एकेडेमीमा सिकाएर तपाईं जस्तै एक्शन र डान्स गरुन भन्ने चाहाना सुनेको छु । अहिलेसम्म टाइगरको कुनै स्कूल छैन् । ‘म यतिकै जस्तोपाया त्यस्तैे एकेडेमी जाने सल्लाह दिन पनि सक्दिन्’, टाइगरले भने । टाइगर यस वर्ष ’मुन्ना माइकल’ तथा ’स्टुडेन्ट अप द इयर २’मा देखिदैंछन् ।








