कपिलको शो टीआरपीमा कमजोर
भारतीय टेलिभिजनमा कमेडी प्रस्तुती मार्फत एकाएक उदाएका कमेडियन कपिल शर्मा अहिले पनि ठूलै तनावमा छन् । यहि, शोका कारण उनी रातारात स्टार मात्र बनेनन्, करोडौ सम्पत्तीको मालिक पनि बने । 
तर, एक घटनाले उनको इमेजमा दाग मात्र लागेको छैन, अब उनको चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा’ शो बन्द हुने अवस्थामा पुगेको छ । अष्ट्रेलियाबाट फर्कदा प्लेनमा मदिराले मात्तिएर उनले आफ्ना साथीहरुलाई गाली गरे । जसको मुख्य निशानामा कलाकार सुनिल ग्रोवर परेका थिए ।
तर, अहिले सुनिल यो शोमा सहभागी छैनन् । सुनिल र अन्य केहि साथीले शो सुटिङ नगर्दा कपिलको शोको टीआरपी खस्किएको छ । टीआरपी खस्किएपछि सोनी टेलिभिजनले यो शोलाई नविकरण गर्छ या गर्दैन भन्ने चर्चा पनि मिडियामा चलिरहेको छ ।
For More videos Log on to Mazzako TV







