सलमानको फिल्मको संगीतलाई २० करोड
बलिउडमा अहिले संगीत लगानी उठाउन मद्दत गर्ने राम्रो माध्यम बनेको छ । बलिउडमा संगीत उत्कृष्ट भएको खण्डमा कम्पनीहरुले राम्रो रकम दिने गरेका छन् । 
चर्चित कलाकार र संगीतकारहरु आवद्ध भएको फिल्मको लगानीको केहि हिस्सा संगीतबाट पनि उठ्ने गरेको छ । इदमा रिलिज हुन लागेको अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’लाई सोनी म्यूजिकले ठूलो रकम खर्च गरेको छ ।
सोनी म्यूजिकले फिल्मको गीतको अधिकार २० करोडमा किनेको भारतीय मिडियामा उल्लेख छ । भारत र चीनको कथामा बनेको यो फिल्मलाई कविर खानले निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV







