बलिउड अभिनेत्री विद्या बालनले मुम्बइको सिद्धी विनायक मन्दिरमा भएको एक घटना स्मरण गरेकी छिन् ।

एक मिडियासँग कुराकानी गर्ने क्रममा विद्याले भनिन्-‘म सिद्धी विनायक मन्दिरमा प्रार्थना गरिरहेकी थिएँ । त्यहिबेला एक जना पुरुषले मेरो काँधमा हात राखेर बारम्बार मलाई छोएको थियो । मैले पहिलो पटक ‘हजुर’ भने ।

उसले तपाई मेरी श्रीमती हो भन्यो । म फेरि आँखा चिम्लिएर प्रार्थना गर्न थालेँ । दोश्रो पटक पनि उसले मेरो काँधमा हात राख्यो । उसले मलाई एक पटक हेलो भन्न आग्रह गर्‍यो । मैले भने-‘पहिला तपाई मेरो काँधमा हात राख्न बन्द गर्नुहोस् ।’

उनले आफूहरु पब्लिक फिगर भएकाले मानिसहरु जे पनि गर्न हुन्छ भन्ने सोच राख्ने गरेको बताइन् ।

For More videos Log on to Mazzako TV