नवाजुद्दिन भन्छन्-‘३ खानमध्ये साहरुखसँग मेरो केमेष्ट्री उत्तम’
अभिनेता नवाजुद्दिन सिद्धिकीले अभिनेता साहरुख खानसँग फिल्म ‘रइस’मा काम गरे । अर्का अभिनेता सलमान खानसँग ‘किक’ र आमिरसँग उनले ‘तलास’मा काम गरे । तर, उनको वुझाइमा उनको केमेष्ट्री सबैभन्दा बढी साहरुखसँग मिलेको छ । 
अभिनेताले यस अगाडि पनि साहरुखसँग काम गरेर आफूले धेरै कुरा सिकेको बताएका थिए । उनले एक मिडियासँगको इन्टरभ्यूमा भने-‘साहरुख मेरो जस्तै थिएटर व्याकग्राउन्डबाट आएका हुन् । यसैले, उनीसँग काम गर्दा मलाई थिएटरको याद आएको थियो ।’
For More videos Log on to Mazzako TV







