छोराको करिअर सम्हाल्न अगाडि सरे अनिल
बलिउडमा परिवारवाद हावी छ । कुनै स्टारका छोराछोरीलाई बलिउडमा प्रवेश गर्न गाह्रो छैन । तर, आफ्नो करिअर भने जसको छोराछोरी भएपनि, आफै बनाउनुपर्छ ।
अहिले, अभिनेता अनिल कपुरका छोरा हर्षवर्धन पनि बलिउडमा करिअर बनाउन लागिपरेका छन् । तर, उनको पहिलो फिल्म नै असफल भयो । जसले उनको करिअरमा ठूलै झट्का लाग्यो ।
छोराको पहिलो यात्रा नै असफल भएपछि उनलाई साथ दिन बाबु अनिल कपुर नै अगाडि आउने भएका छन् । डीएनए नामक पत्रिकाको खबर अनुसार अनिल र हर्षवर्धन एउटै फिल्ममा काम गर्दैछन्। यो फिल्ममा अनिल हर्षवर्धनको बाबुको भूमिकामा देखिन लागेका छन् । फिल्मको बिषयमा अरु कुरा केहि पनि खोलिएको छैन ।
For More videos Log on to Mazzako TV