दिल्लीमा बन्नेछ श्रेयाको मैनको स्टैचु
सन् २०१२ मा एक स्टेज कार्यक्रममा प्रस्तुत हुने क्रममा गायिका श्रेया घोषालले निकै पारदर्शी पहिरन लगाएकी थिइन् । श्रेयाको यो शैली देखेर दर्शक छक्क परेका थिए । बलिउडमा आफ्नो स्वरका कारण चर्चित बनेकी श्रेया निकै साधारण शैलीमा प्रस्तुत हुने गायिकाको रुपमा चिनिन्छिन् ।
विभिन्न समयमा उनी यस्तै कारणले विवादमा आएकी थिइन् । उनै, श्रेयाको मैनको स्टैचु अब दिल्लीमा रहेको म्याडम तुसाद स्टूडियोमा बन्ने भएको छ । श्रेयाले आफ्ना फ्यानलाई यो कुराको जानकारी ट्विटरमार्फत दिएकी छिन् । सन् १९८४ मार्च १२ मा पश्चिम बंगालमा श्रेयाको जन्म भएको थियो ।