बलिउडका चर्चित अभिनेता तथा कमेडियन कपिल शर्माको चर्चा अहिले नकारात्मक रुपमा भैरहेको छ । आफ्नै शो ‘द कपिल शर्मा शो’का कलाकार सुनिल ग्रोवरसँग झगडा गरेका कारण उनको अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । sunil and kapil

केहि दिन अगाडि अष्ट्रेलियामा शो गरेर र्फकने क्रममा सुनिललाई उनले प्लेन भित्रै थकाएपछि घटनाले चर्को रुप लिएको हो । ‘त मेरो नोकर होस्’ भन्दै सुनिललाई कपिलले थर्काएका थिए । यो घटनापछि सुनिलले कपिलको शो छाडेको खबर सार्वजनिक भैरहेका छन् ।

यो बिषयमा कपिलले पहिलो पटक मुख खोलेका छन् । उनले लेखेका छन्-‘जब मैले सुनिलको ग्रोवरसँगको झगडाको कुरा सुने, म छक्क परेँ । यो खबर कहाँबाट आयो, यसको पछाडि के कारण छ । यदि, म फ्लाइटमा उनीसँग लडाई गरिरहेको थिएँ भने कसैले किन देखेन । जसले यो खबर मिडियालाई दियो, के उ भरोसा गर्न लायक मानिस हुन् ?’

कपिलले अगाडि लेखेका छन्-‘केहि मानिसहरुलाई यस्तो कुरा गर्दा रमाइलो लाग्छ । हामी साथमा खान्छौ, घुम्छौ । म मेरो भाइसँग बर्षमा एक पटक भेट्छु, तर मेरो टिमसँग म दैनिक हुन्छु । विशेषगरि सुनिल, जसलाई म प्रेम गर्छु, सम्मान गर्छु ।’

कपिलले सुनिललाई आफुले कराएको स्विकार गरेका छन् । आफू र सुनिलविच झगडा भएको उनले फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्-‘के हामी सामान्य मानिस होइनौ । मैले ५ बर्षमा पहिलो पटक उनीसँग झगडा गरेँ । यति त चल्छ । हामी कुराकानी गर्छौ, अरुलाई किन तनाव ?

कपिल यो कुरालाई चाडो भन्दा चाडो समाधान गर्न चाहन्छन् । सुनिल आफ्नो भाइ जस्तो भएको कपिलको भनाई छ ।

For More videos Log on to Mazzako TV