ऋतिकलाई चाहियो कट्रिनाको साथ
फिल्म ‘काबिल’को औषत सफलतापछि बलिउड अभिनेता ऋतिक रोशन नयाँ फिल्ममा काम गर्दैछन् । उनले अभिनय गर्न लागेको फिल्मलाई निर्देशक कविर खानले निर्देशन गर्दैछन् ।
कविर खान मन छुने कथामा फिल्म बनाउन माहिर छन् । उनै कविरले बनाउन लागेको फिल्ममा यतिबेला लिडिङ लेडी को हुने भनेर चर्चा भैरहेको छ ।
ऋतिकसँग काम गर्नका लागि दीपिका पादुकोण, कट्रिना कैफ, कृती सेनन जस्ता अभिनेत्री लालयित बनेको खबर सार्वजनिक भैरहेका छन् ।
तर, अभिनेता रोशन भने कट्रिनासँग पर्दा शेयर गर्न चाहन्छन् । फिल्म ‘ब्याङ ब्याङ’मा यो जोडीलाई रुचाइएको थियो । यसैले पनि ऋतिकको चाहना कैफतिर गएको हो । के ऋतिकको यो चाहना पुरा होला ?
For More videos Log on to Mazzako TV