यस्तो बनेर आयो ‘बाहुबली २’को ट्रेलर
यो बर्षकै सर्वाधिक प्रतिक्षित फिल्म ‘बाहुवली २’को ट्रेलर रिलिज भएको छ । एसएस राजमौलीले निर्देशन गरेको फिल्मको ट्रेलरलाई छोटो समयमै दर्शकको उच्च साथ मिलेको छ ।
करण जोहर र एए फिल्मस्ले यो फिल्मको निर्माण गरेका हुन् । फिल्ममा प्रवास, राना दंगुवती, अनुष्का सेट्टी लगायतका कलाकारको अभिनय छ । यो फिल्म अप्रिल २८ बाट विश्वभर रिलिज हुनेछ ।
सन् २०१५ मा रिलिज भएर सर्वाधिक कमाई गरेको यो फिल्मको प्रतिक्षा विश्वभरका दर्शकमाझ छ । यसैले, पनि यसको ट्रेलरले दर्शकको आक्रामक साथ पाएको हो ।