बलिउडमा अभिनेत्री आलिया भट्टले प्रवेश गरेको ५ बर्ष मात्र भयो । तर, ५ बर्षको अवधीमा उनले करिअरलाई लामो रेशको घोडाको रुपमा विकास गरिसकेकी छिन् । आलियाको करिअरमा आजसम्म ९ वटा फिल्म रिलिज भए ।
aliya bhatta
अहिले आलियाको नाममा निर्माताहरु करोडौ रकम लगाउन तयार छन् । उनै, आलियाको ५ बर्षे करिअर निकै सफल भएको मान्न सकिन्छ । उनले, ५ बर्षको अवधीमा बलिउडलाई करिब ६ सय करोडको आम्दानी गराइसकेकी छिन् ।
हो, ९वटा फिल्मलाई हेर्ने हो भने आलियाको नाममा, ६ सय करोडको आम्दानी भएको छ । ‘सानदार’ बाहेक सबै फिल्म हिट छन् भने ‘टू स्टेट्स’ नामक फिल्मले १ सय करोड माथि कमाएको छ ।

हुनत, बलिउडका खानहरुले एक्लैले एक फिल्मबाट यत्रो रकम कमाउने सामथ्र्य राख्छन् । तर, ५ बर्षमै आलियाले कमाएको यो उचाई धेरै हो ।

For More videos Log on to Mazzako TV