अजयले सार्वजनिक गरे ‘गोलमाल’को टिम
निर्देशक रोहित सेट्टीको जन्म दिनको अवसर पारेर नायक अजय देवगणले फिल्म ‘गोलमाल एगेन’को सम्पूर्ण टिम सार्वजनिक गरेका छन् ।
अजयले ट्विट गर्दै जन्मदिनमा निकै रमाइलो भएको भन्दै गोलमाल परिवारको पहिलो अनुहार सार्वजनिक गरेका हुन् ।
उनले निर्देशक सेट्टीलाई जन्म दिनको शुभकामना पनि दिएका छन् । अजयले सार्वजनिक गरेको तस्बिरमा, उनीसँगै श्रेयस तालपडे, अर्सद वार्सी, रोहित सेट्टी, तब्बु, परिणिती चोपडा देखिएका छन् । तब्बु र परिणिती यो टिममा थपिएका छन् ।
‘गोलमाल ४’को छायांकन मार्च ४ बाट सुरु भैसकेको छ । कमेडी, कथावस्तुका कारण यसको सिक्वेललाई दर्शकले रुचाइरहेका छन् ।
For More videos Log on to Mazzako TV