बलिउडका सुपरस्टार अभिनेता आमिर खान आजबाट ५२ बर्षमा प्रवेश गरेका छन् । आमिरको जन्म सन् १९६५ मार्च १४ मा भएको हो । उनी, अभिनयमा आउनु अगाडि टेनिस खेलाडी थिए । उनले राज्य स्तरको धेरै खेलमा भाग लिएका छन् । उनका पिता, ताहिरका अनुसार उनले राष्ट्रिय स्तरमा पनि टेनिस खेलेका छन् । aamir khan

आमिरका पिता उनले अभिनय भन्दा पढाइमा बढी ध्यान दिनुपर्छ भन्ने सोच राख्थे । आमिर, आफ्ना पितासँग अभिनय सिक्नका लागि सधै नै बादबिबाद गर्थे । आमिरको फिल्मी करिअर ८ बर्षको उमेरबाट सुरु भएको थियो । जब उनले ‘यादो कि बारात’ नामक फिल्ममा बाल कलाकारको रुपमा काम गरे ।

आमिरले अभिनय गरेका पछिल्ला सबै फिल्म हिट छन् । उनले नै बलिउडलाई, सय, २ सय, ३ सय करोडको क्लबमा उभ्याएका छन् । ‘थि्र इडियट्स, पीके, गजनी, दंगल, रंग दे बसन्ती, तारे जमिन पर’ जस्ता फिल्मले आमिरलाई एउटा सफल कलाकारको साथै अभिनेताको रुपमा चिनाएको छ ।

For More videos Log on to Mazzako TV