यी नायिकाले गरिन् सुटुक्क इन्गेजमेन्ट
तपाई, साउथ इन्डियन फिल्मको फ्यान हुनुहुन्छ भने अभिनेत्री भावनालाई पक्कै चिन्नुहुन्छ । उनै, भावनाले ९ मार्चको गोप्य रुपमा इन्गेजमेन्ट गरेकी छिन् । 
कन्नड फिल्मका निर्माता नविनसँग उनले इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक भएको हो । कोच्चीको एक प्राइवेट कार्यक्रमकाविच यी दुइको इन्गेजमेन्ट भएको हो । बिहेका लागि पनि कुनै तारिख पक्का गरिएको छैन ।
भावनाले आफ्ना साथीहरुसँग यो बर्ष बिहे हुने बताएकी छिन् । भावनाले नविनलाई विगत ५ बर्षदेखि चिन्दै आएकी थिइन् । भावनाले अभिनय गरेको पहिलो कन्नड फिल्मको निर्माता पनि नविन नै थिए । उनलाई वधाई दिन केहि निर्माता र निर्देशक गोप्य कार्यक्रममा पुगेका थिए ।
For More videos Log on to Mazzako TV







