आमिरको घर किन पुगिन् श्रद्धा ?
बलिउडमा एक कलाकारको घरमा अर्को कलाकार पुग्दा, त्यसले हंगामा नै मच्चाएको हुन्छ । कारण, कोहिको प्रेम प्रसंग त कोहिको मित्रताको कुरा । यसैले, बलिउडमा कोहि कलाकार अर्को कलाकारको घरमा पुग्दा मिडियामा राम्रो चर्चा हुने गरेको छ ।
अभिनेत्री श्रद्धा कपुर शनिबार बेलुकी अभिनेता आमिर खानको घर वाहिर देखिएकी छिन् । श्रद्धा आमिरको घरमा पुगेपछि मिडियामा विभिन्न खालका चर्चा सुरु भएका छन् ।
कतिपयले त श्रद्धा आमिरले अभिनय गर्न लागेको नयाँ फिल्म ‘ठग अफ हिन्दुस्तान’मा अभिनेत्रीको रुपमा श्रद्धा फाइनल भएको समेत अड्कल लगाएका छन् । तर, श्रद्धा किन आमिरको घरमा पुगिन् यो भने रहस्यको बिषय बनेको छ ।
For More videos Log on to Mazzako TV