रिलिज अगावै साहरुख र अनुष्काको फिल्मले कमायो सय करोड
बलिउड स्टारहरुको फिल्मले बर्षेनी करोडौ रुपैयाँ कमाउन थालेपछि, अहिले वितरकहरु पनि उत्साहित देखिएका छन् ।
अब, अभिनेता साहरुख खान र अभिनेत्री अनुष्का शर्मा अभिनित नयाँ फिल्मलाई पनि एक वितरण कम्पनीले चर्को मुल्य तिरेको छ । अगष्ट ११ बाट रिलिज हुन लागेको अनटाइटल प्रोजेक्टका लागि एन एच स्टूडियोले १२५ करोड रुपैयाँ तिरेको छ ।
यो स्टूडियोले फिल्मको डोमेष्टिक र ओभरसिज राइट्स खरिद गरेको हो । यो कुराका एनएच स्टूडियोले पुष्टी गरेपनि रकमको बारेमा बोलेको छैन । इम्तियाज अलीको निर्देशनमा बनेको लभ स्टोरी फिल्म रिलिज अगाडै नाफामा गएको छ ।
For More videos Log on to Mazzako TV