कस्तो होला संगीताको कथा काठमाण्डौ ?
भिजे संगीता श्रेष्ठले फिचर फिल्म निर्देशन गर्ने भएकी छिन् । मल्टी स्टारको अभिनय रहने फिल्मको नाम ‘कथा काठमाण्डू’ राखिएको छ । काठमाण्डौंमा देखिएका र नदेखिएका कथा भनिने फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूूमिका रहनेछ । फिल्मको सुटिङ यसै सातादेखि सुरु हुनेछ ।
फिल्मको बिषय बारे बोल्दै निर्देशक श्रेष्ठले भनिन् ‘फिल्ममा तीन फरक–फरक कथालाई जोडेर एउटा फिल्म निर्माण गरिनेछ । संभवत नेपाली फिल्ममा यस्तो प्रयोग भएको छैन ।’ तीन फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन रहने निर्देशक श्रेष्ठले जानकारी दिइन् । यस्तै नायिका प्रियंका कार्कीले आफ्नो भूमिका चुनौतीपूर्ण भूमिका निर्वाह गर्न लागेको बताइन् । यस्तै चलचित्र ‘चपली हाईट २’ बाट उदाएका नायक आयुष्मानले राम्रो कथामा आफु जहिले पनि उत्साहित हुने बताए ।
आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो फिल्ममा विजय राईको लगानी रहनेछ भने प्रोडक्शन डिजाइनरको रुपमा वुद्धिलाल मगर रहेका छन् । फिल्ममा लुजाओ विन्ङको सिनेम्याटोग्राफी रहनेछ ।
For More videos Log on to Mazzako TV