बिहे नै नगरि बाबु बने करण
बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर बाबु बनेका छन् । हो, करणको घरमा २ सन्तान भित्रिएका छन् । बिहे नै नगरि, करण कसरि बाबु बने भन्ने तपाइलाई लागेको हुनसक्छ । 
करणको घरमा यश र रुही नाम गरेका २ सन्तानको प्रवेश भएको हो । करणले मेडिकल साइन्सको माध्यमबाट आफ्नो घरमा २ सन्तान भित्रिएको बताएका छन् ।
आफूमा एक आमामा हुनुपर्ने सबै गुण रहेको बताउँदै आएका करणले, २ सन्तान आफ्ना लागि विशेष रहेको समेत बताएका छन् ।
आफूले जिम्मेवारी वहन गर्दै २ सन्तानलाई घरमा भित्राएको र भाग्यमानी संझिएको करणको भनाई छ ।
For More videos Log on to Mazzako TV







