संजयले यसरि गरे आलियाको प्रशंसा
बलिउडका चर्चित अभिनेता संजय दत्तले अभिनेत्री आलिया भट्टको खुलेरै प्रशंसा गरेका छन् । बलिउडमा अभिनेताहरु लामो समयसम्म राज गर्न सफल भएपनि अभिनेत्रीहरुको समय भने निकै कम देखिएको छ । एक दशकमै अभिनेत्रीहरु हराउने गरेका छन् ।
अभिनेता संजय दत्तलाई मिडियाले कुन अभिनेत्री मनपर्छ भनेर सोधेका थिए । जसमा उनले अभिनेत्री आलिया भट्टको नाम लिए । उनले अगाडि थपे-‘आलिया एकदमै राम्रो काम गरिरहेकी छिन् । उनी लामो समयसम्म बलिउडमा रहेन पक्का छ ।’
संजय अहिले फिल्म ‘भूमी’को छायांकनमा व्यस्त छन् । आलिया अभिनित फिल्म ‘बदि्रनाथ कि दुल्हनिया’ रिलिज हुने तयारीमा छ ।
For More videos Log on to Mazzako TV