सैफअली खानको करिअर संकटमा
बलिउड लामो समयदेखि खान अभिनेताहरुको स्टारडमका कारण चम्किएको छ । खानहरुले बलिउडमा दबदबा नै कायम गरेका छन् । तर, एक यस्ता खान पनि छन्, जो असफल फिल्मका कारण तनावमा छन् । उनको नाम हो, सैफअली खान ।
साहरुख, सलमान, आमिर जस्ता कलाकारको करिअर चम्किरहेको समयमा सैफअली भने सुस्ताउन थालेका छन् । सैफअली खानको लगालग ५ वटा फिल्म असफल भए । जसकाकारण, उनको करिअर बलिउडमा संकटमा छ ।
उनी अभिनित नयाँ फिल्म ‘रंगुन’ पनि पूर्ण रुपमा असफल भएपछि उनको करिअर संकटमा परेको हो । यो फिल्मबाट उनलाई धेरै नै आशा थियो । यसअगाडि उनको ‘फ्यान्टम, वुलेट राजा, ह्याप्पी इन्डिङ’ जस्ता फिल्म असफल भए ।
लगालग फिल्म असफल भएपछि सैफको करिअर अब बलिउडमा डुब्न थालेको चर्चा सुरु भएको छ ।