साहरुखसँग दीपिका र कट्रिनाले काम गर्ने
बलिउड अभिनेता साहरुख मार्च महिनादेखि आफ्नो नयाँ फिल्मको छायांकनमा व्यस्त हुँदैछन् । ‘रइस’को सफलताले हौसिएका साहरुखको यो महत्वकांक्षी फिल्म हो ।
यो फिल्मलाई आनन्द एल राइले निर्देशन गर्दैछन् । फिल्ममा साहरुख होचो मान्छेको भूमिकामा देखिदैछन् । यसका लागि भीएफएक्स धेरै नै गर्नुपर्नेछ ।
फिल्मका लागि अभिनेत्रीको चर्चा चलेको लामो समय भयो । फिल्ममा कहिले सोनम कपुर र आलिया भट्टले काम गर्न लागेको समेत चर्चा भएको थियो ।
तर, अब भारतीय मिडियाको खबरलाई मान्ने हो भने बलिउडका दुई चर्चित अभिनेत्री साहरुखसँग रोमान्स गर्न तयार भएका छन् । यो फिल्ममा बलिउडका टप लेडी दीपिका पादुकोण र कट्रिना कैफलाई फाइनल गरिएको हो ।
कहिले दीपिकाले कट्रिनालाई रिप्लेस गरेको खबर पनि सार्वजनिक भैरहेको थियो । तर, अब यो महंगो बजेटमा बन्न लागेको फिल्ममा दीपिका र कट्रिना साहरुखसँग काम गर्न तयार भएका छन् ।
For More videos Log on to Mazzako TV