बलिउड अभिनेत्री श्रुती हसन केहि महिनादेखि लण्डनमा रहँदै आएका थिएटर कलाकार माइलक कोर्सेलसँग रोमान्स गरिरहेकी छिन् । यी दुइलाई धेरै पटक मिडियामा स्पोर्ट पनि गरिएको । यसपछि, साउथकी यी चर्चित अभिनेत्रीको चर्चा लभ लाइफका कारण चलिरहेको छ ।shruti with bf

के माइलक श्रुतीका प्रेमी नै हुन् त ? यो बिषयमा भारतीय मिडियासँग कुरा गर्दै श्रुतीले भनेकी छिन्-‘यो बिषयले मलाई कुनै पनि असर गरेको छैन र म यो बिषयमा कुराकानी गर्न पनि चाहन्नँ । मलाई विश्वास गर्नुहोस्, यसले मलाई दिकदार बनाएको छैन ।’

उनले यस्ता बिषयमा कुरा गर्नु भन्दा यसलाई वेवास्ता गर्नु नै ठिक हुने बताइन् । उनले आफूलाई आफ्नो व्यक्तिगत जीवनको बिषयमा कुरा नै गर्न मन नलाग्ने प्रतिक्रिया मिडियालाई दिएकी छिन् ।

For More videos Log on to Mazzako TV