सय करोड कमाउन अक्षयलाई लाग्यो १२ दिन
बलिउड अभिनेता अक्षय कुमारको अर्को एक फिल्मले पनि सय करोड कमाएको छ । योसँगै अक्षयको लगातार सय करोड कमाउने चौथो फिल्म बनेको छ, ‘जोली एलएलबी २’ । फ्रेवुअरी १० तारिखबाट रिलिज भएको यो फिल्मले मंगलबार सय करोडको आँकडा पार गरेको हो ।
अक्षयको सय करोड कमाउने सातौ फिल्म पनि बनेको छ, ‘जोली एलएलबी २’ । यो फिल्मले मंगलबारसम्म १००.३७ करोडको कमाई गरेको छ ।
यो बर्ष सय करोड कमाउने दोश्रो फिल्म समेत बनेको छ, ‘जोली एलएलबी २’ । अभिनेता साहरुख खान अभिनित फिल्म ‘रइस’ले पनि सय करोडको आँकडा पार गरेको थियो ।
For More videos Log on to Mazzako TV