हुन पनि हो, बलिउडमा खान अभिनेताहरुसँग काम नगरेसम्म कुनै पनि अभिनेत्रीको करिअर सफल मानिदैन । अधिकांश अभिनेत्री खान अभिनेताहरुसँग काम गरेपछि चलेका छन् । ammy and salman khan

अभिनेत्री एमी ज्याक्सनको हकमा पनि यस्तै देखिएको छ । अभिनेत्री एमी ज्याक्सन अभिनेता सलमान खानसँग काम गर्न निकै आतुर छिन् । हुनत, उनले रजनीकान्त, अक्षय कुमार जस्ता अभिनेतासँग काम गरिसकेकी छिन् । तर, उनलाई अभिनेता सलमान खानसँग काम गर्नु छ ।

मिडियासँग कुराकानी गर्ने क्रममा उनले ‘दबंग ३’ को बिषयमा बताएकी थिइन् । के तपाइ यो फिल्मका लागि पक्का हुनु भएको हो भन्ने प्रश्नमा उनले भनिन्–‘मलाई थाहा छैन यो फिल्ममा म हुन्छ या हुन्न । तर, अब म सलमानसँग काम गर्ने बिषयमा प्रतिक्षा गर्न सक्दिनँ । म एकदमै आतुर छ ।’

For More videos Log on to Mazzako TV