रोइन् एन्जेलिना
हलिउडकी सुपरस्टार अभिनेत्री एन्जेलिना जोली एक इन्टरभ्यूको क्रममा रोएकी छिन् । पति व्राड पिटसँग डिभोर्सपछि पहिलो पटक मिडियासँग कुराकानी गर्ने क्रममा एन्जेलिना रोएकी छिन् ।
एन्जेलिनाले यो समय आफूहरुका लागि निकै नै पीडाको समय भएको भन्दै आाखाबाट आँशु झारिन् । आफ्नो नयाँ फिल्मको प्रमोशनका क्रममा कम्बोडियामा पुगेकी एन्जेलिनाले ब्राड पिट र आफ्नो परिवार एउटै भएको समेत बताइन् ।
उनले भनिन्-‘यो हाम्रा लागि एकदमै पीडाको समय हो । अहिले, हामीलाई बच्चाको पिरले बढी सताएको छ ।’
एन्जेलिनाले यो बिषयमा खासै धेरै कुरा गर्न भने चाहिनन् । आफ्ना ६ सन्तानसँग कम्बोडिया पुगेकी एन्जेलिनाले अहिले आफूहरु निकै गाह्रो अवस्थामा गुज्रिएको मात्र बताइन् ।
For More videos Log on to Mazzako TV