फिल्म ‘लुट २’ को आइटम गीत ‘ठमेल बजार’ ले युट्युवमा एक करोडको किर्तिमानी कायम गरेको छ । अपलोड भएको चार महिनामै यो गीतले एक करोड भ्युअर्स संख्या पाएको हो । कालि प्रसाद बाँस्कोटाको संगीत रहेको गीत सर्वाधिक हिट छ । एलिशा राईको आइटम रहेको भिडियो हेर्नुस् :

कालिप्रसाद र एकतारेको शब्द रहेको गीतमा कालिप्रसाद, मिना निरौला र भानुभक्त ढकालको स्वर रहेको छ । यसको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, सुशिलराज पाण्डे, प्रतिकराज न्यौपाने, सृजना सुब्बा, विपिन कार्की लगायतको अभिनय रहेको छ । माधव वाग्ले र नरेन्द्र महर्जन फिल्मका निर्माता हुन् ।

alisha-rai

‘लुट २’ को ठमेल बजार अघि फिल्म ‘वडा नं ६’ को ‘सुर्के थैली’ र ‘छक्का पञ्जा’ को ‘पुर्व पश्चिम रेल’ ले युट्युवमा एक करोडको किर्तिमानी कायम गरिसकेका छन् । तर फिल्म प्रदर्शन अगावै छोटो समयमा एक करोड भ्युअर्स पाउने गीत भने ‘ठमेल बजार’ पहिलो हो ।

For More videos Log on to Mazzako TV