सैफले गरे पक्का, छोरी गर्दैछिन् बलिउडमा डेब्यू
अभिनेता सैफअली खानकी छोरी साराअली खान अब बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् । लामो समयदेखि उनले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको थियो ।

तर, अब भने साराका पिता सैफले नै उनले फिल्म ‘स्टूडेन्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गर्न लागेको पक्का गरेका छन् । करण जोहरको निर्माणमा बन्न लागेको यो फिल्ममा टाइगर श्राफ मुख्य भूमिकामा छन् ।
सुरुमा यो फिल्ममा अभिनेत्री दिसा पटानीले काम गर्ने तय भैसकेको थियो । तर, एकाएक कथाले मोड लियो र सैफकी छोरी साराले यहि फिल्मबाट डेब्यू गर्ने पक्का भएको हो । २ महिनापछि यो फिल्मको छायांकन सुरु हुनेछ ।
For More videos Log on to Mazzako TV







