निर्देशक प्रियादर्शन कमेडी र मसला फिल्म बनाउन माहिर छन् । उनकै, फिल्मका कारण बलिउडका केहि अभिनेताको करिअर पनि चम्किएको छ । akshya and ajay

उनै, निर्देशक अब एक मलयालम फिल्मको रिमेक बनाउँदैछन् । मलयालम भाषाको सफल फिल्म ओप्पमको रिमेक बनाउने तयारी उनले गरेका छन् ।

लामो समयदेखि, यो फिल्मका लागि अभिनेता अक्षय कुमारको नाम अगाडि आएको थियो । प्रियादर्शन अक्षयलाई लिएर यो फिल्म बनाउन चाहन्थे ।

तर, अक्षयको लामो समयदेखि डेट कुरिरहेका उनले अब फिल्ममा अजय देवगणलाई लिने भएका छन् । प्रियादर्शनले अक्षयको ठाउँमा अजयलाई पक्का गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

For More videos Log on to Mazzako TV