बलिउडमा अहिले मल्टिस्टार फिल्मको अभाव छ । बलिउडमा अधिकांश कलाकार सुपरस्टार भैसकेपछि एकसाथ फिल्म खेल्न मान्दैनन् । akshya and hritik

कुनै बेला, अक्षय कुमार, सलमान खान, साहरुख खान, सन्नी देवल जस्ता कलाकार एकसाथ पर्दामा देखिन्थे । तर, अब एकसाथ यी स्टारहरुलाई पर्दामा ल्याउन सजिलो छैन । किनकी, उनीहरुको पारिश्रमिक र स्टार पावरका कारण पनि भूमिका खोज्न निर्माता सक्दैनन् । तर, गतबर्ष एकसाथ भिडन्त गरेका अभिनेता अक्षय कुमार र ऋतिक रोशनले पर्दा शेयर गर्ने तयारी गरेका छन् ।

बलिउडमा मल्टिस्टार फिल्म मेकिङको बिषयमा यी दुइविच कुराकानी भएको छ । दुइले उत्कृष्ट कथा पनि पाएको र यो बिषयमा छलफल गरेको भारतीय मिडियाको दाबी छ । अक्षय र ऋतिक एकसाथ पर्दामा आउनका लागि तयार पनि देखिएका छन् ।

साच्चै, ऋतिक र अक्षय एकसाथ पर्दामा आए भने बक्स अफिसमा के होला ? यो भने सबैका लागि प्रतिक्षाकै बिषय बन्नेछ ।

For More videos Log on to Mazzako TV