बलिउड अभिनेता अक्षय कुमार यो बर्ष पनि चम्कने सुरमा देखिएका छन् । उनी अभिनित फिल्म ‘जोली एलएलबी २’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । फिल्मले वुधबारसम्म ७२.६८ करोड कमाई गरेको छ । jolly llb 2

फिल्मको विश्वभरको ग्रस कमाई ११५ करोड पुगेको छ । यो अक्षका लागि बक्स अफिसमा निकै सुखद पल हो ।

गतबर्ष अक्षय अभिनित तीन वटै फिल्मले बक्स अफिसमा १ सय करोड बढी कमाई गरेका थिए । यो बर्ष पनि अक्षयका ३ वटा फिल्म रिलिजको तयारीमा छन् । यो बर्ष रिलिज भएको पहिलो फिल्मले नै सय करोड बढी कमाउने संकेत गरिसकेको छ ।

For More videos Log on to Mazzako TV