अभिनेत्री मनिषा कोइराला यतिबेला बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । उनी, अभिनेता रणवीर कपुरको मुख्य भूमिका रहने फिल्मबाट कमब्याक गर्दैछिन् ।
ranbir and manisha
राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको अभिनेता संजय दत्तको बायोपिक फिल्ममा मनिषा रणवरकी आमा बनेर देखिदैछिन् । यसैले पनि उनी अहिले रणवीरको तारिफ गरेर थाक्दिनन् ।

हालैमात्र, मनिषाले एक अनलाइनसँग कुरा गर्दै रणवीरको कामको तारिफ गरेकी छिन् । उनले भनेकी छिन्-‘रणवीरसँग काम गर्न पाउँदा म निकै उत्साहित छु ।’ मनिषाले भनिन्-‘यो भूमिका पाएर म निकै खुशी छु । म रणवीरको निकै ठूलो फ्यान हुा र उनको फ्यान नहुने को होला र ? मैले संजय दत्तसँग केहि फिल्ममा काम गरेकी छु ।

तर, यसपटक म रणवीरसँग केहि नयाँ जादु गर्नेछु । म उनको कामबाट निकै प्रभावित छु । उनी हरेक भूमिकालाई निकै ध्यान र गम्भिर भएर निर्वाहा गर्ने गर्छन् ।’

रणवीरकी आमा बन्न लागेकी मनिषाको यो कुराले पनि उनको खुशी प्रष्ट देखिन्छ ।

For More videos Log on to Mazzako TV