आलिया र सिद्धार्थको डेटिङ, तर भन्छन् अझै साथी मात्र
अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्टविचको सम्बन्ध के होला ? भारतीय मिडियामा यी दुइको प्रेमको चर्चा चलिरहेपनि यी दुइले अझै स्विकार गरेका छैनन् । 
तर, पनि यी दुइ पापाराजीको क्यामेरामा पर्ने गरेका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर सिद्धार्थ मल्होत्रा अभिनेत्री आलिया भट्टको घरमा पुगेका छन् ।
आखिर, सिद्धार्थ प्रेम दिवसको दिनमा आलियाको घरमा किन पुगे ? केहि समय अगाडि अभिनेता बरुण धवनले ‘कफि विथ करण’मा मा आलिया र सिद्धार्थको प्रेमको बिषयमा हिन्ट दिएका थिए । त्यसको केहि दिनमै सिद्धार्थ र आलिया एकसाथ भेटिएका हुन् । आलिया र सिद्धार्थ धेरै पटक एक अर्काको घरमा देखिदै आएका पनि छन् ।
For More videos Log on to Mazzako TV







