वियोन्सलाई गायिका नभएको आरोप
बलिउडमा जस्तै हलिउडमा पनि, स्टारहरु एक अर्काको उछितो काट्न बाँकी राख्दैनन् । केहि दिन अगाडि आयोजना भएको ‘ग्रामी अवार्ड’मा गायिका वियोन्सको प्रस्तुतीले खुबै चर्चा पायो । सेक्सी पहिरनमा वियोन्सले प्रस्तुती दिएकी थिइन् ।
तर, वियोन्सको प्रस्तुती र उनले पाएको अवार्डमा एक गायकले आपत्ती जनाएका छन् । कार्लोस सन्तानाले वियोन्स गायिका नभएर मोडल भएको आरोप लगाएका छन् ।
१० पटकसम्म यो अवार्ड आफ्नो पोल्टामा पारेका गायकले वियोन्स अवार्ड पाउन लायक नभएको भन्दै उनी गायिका भन्दा मोडल बढी भएको आरोप लगाएका हुन् । यो बिषयमा वियोन्सको कुनै प्रतिक्रिया आएको छैन ।
For More videos Log on to Mazzako TV